काठमाडौ । तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को प्रस्तुतीमा बिलकुलै नयां तामाङ प्रेमगीत ‘मायाला कसम’ छायंकनको तयारी अन्तिम चरणमा पुगेको छ । डम्फु मिडिया प्रा.लि.का सञ्चालक एवम तामाङ समुदायको महानायक अमिर दोङको अनुसार यो पटक तामाङ प्रेमगीत ‘मायाला कसम’को म्युजिक भिडियो अलि पृथक तवरले निर्माण गर्ने तयारी रहेको छ ।
तामाङ गीतसंगीतको बजारमा पछिल्ला समयमा रहर र लहरले मोडलिङ क्षेत्रमा आएकाहरु पनि धेरै देखेको र छिटपुट एक दुई वटा भिडियोमा अभिनय गरेर रहर पुरा गर्ने खालका समस्या एताकता देखिएको हुंदा वास्तबिक रुपमा आफु भित्र रहेका कलालाई बाहिर देखाउने कुनै पनि माध्यम नपाउंदा त्यस्ता कलाहरु भित्रभित्र हराउंदै जाने गरेको पनि धेरै भन्दा धेरै दर्शकहरुको गुनासो आएको छ । तसर्थ यो पटक भने महानायक अमिर दोङले खुल्ला अडिसन मार्फत मोडल( हिरोनी ) छनौट गर्ने भएको छ ।
अमिर दोङको अनुसार अडिसनको लागी ‘तामाङ सुपर स्टार डाम्फु मिडिया प्रा.लि’ काठमाडौं जोरपाटीमा मिति २०७८ साउन २ गते भित्र सम्पर्क गरिसक्नुृ पर्नेछ । अभिनय क्षेत्रमा लाग्ने उदेश्य र कला भएका जो कोहीले पनि प्रत्यक्ष रुपमा वा ९८४१७६३३९३ टेलिफोन मार्फत सम्पर्क गर्न सकिने छ ।
छायंकनको तयारीमा रहेको उक्त गीतमा शब्द÷संगीत बिशाल काल्तानको रहेको छ भने स्वर संगीतकारद्धय बिशाल काल्तानको साथमा जितु लोप्चानको रहेको छ । गीतको एरेन्ज उर्गेन दोङले गरेका हुन भने मिक्सिङ दिपेश प्रघानको रहेको छ । भिडियो तर्फ भने निर्देशन र अभिनय महानयक स्वयम अमिर दोङको रहने छ । मोडल(हिरोनी) तर्फ भने माथी उल्लेख भएअनुसार खुल्ला अडिसनबाछ टनौट गरिने भएको छ ।




