भक्तपुरमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

भक्तपुर, असोज १ गते ।  अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र मातहतका वृत्तहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी तथा जगातीबाट खटिएको टोलीले असोज १ गते उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको छ

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा:

  • चेक अनादर मुद्दा: २ जना (जसबाट कुल रु. ३,००० जरिवाना असुल गर्न बाँकी रहेको)

  • सवारी ज्यान मुद्दा: १ जना (१० महिना ३ दिन कैद सजाय ठहर भएका)

पक्राउ परेका तीनै जना प्रतिवादीहरूबाट कुल १० महिना ३ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना असुल गराउन बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *