सिद्धार्थ साकोसद्वारा बुबाहरू सम्मानित

मध्यपुर थिमि– सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.द्वारा कुसेऔसी (बुबाको मुख हेर्ने दिन)को अवसरमा ५८ जना ज्येष्ठ पुरुष सदस्यहरूलाई सगुन, उपहार सहित सम्मान गरिएको छ ।
सिद्धार्थ साकोसका अध्यक्ष्ँ राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पछिल्लो समयमा सहकारी संस्थामा आवद्ध भएका सदस्यहरूको आर्थिक स्तर उठेको तथ्याङ्कले देखाएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवा सुविधा र स्तरोन्नतिको चर्चा गर्दै आगामी योमरी पुन्हिपछि नया“ भवनबाट पनि सेवा सुरु हुने जानकारी दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले सहकारीहरूले शेयर सदस्य र स्थानीयबासिन्दाहरूको शिक्षा, स्वास्थ्य र असल संस्कार तर्फपनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेश श्रेष्ठले सिद्धार्थ साकोसको हालसम्मको आर्थिक, सामाजिक, सा“स्कृतिक गतिविधिहरूको बु“दागत जानकारी दि“दै संस्थाको कारोबार ४६ करोड पुगेका् बताउनुभयो ।
कार्यक्रममा ६० वर्ष माथिका जेष्ठ पुरुष सदस्यहरूलाई दही, अण्डा, फलपूmललगायतका पोषणयुक्त सामग्री वितरण गरिएको थियो ।
सिद्धार्थ साकोसको शिक्षा उपसमितिका संयोजक तुल्सीराम श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष्ँ इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य दिनुभएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *