डिजिटल प्रिन्टलिंकको दक्षता अभिवृद्धि तेलकोटमा
2024-06-16 05:50:49
भक्तपुर । प्रिन्टिङ क्षेत्रमा अग्रणी कार्य गरिँदै आएको भक्तपुर मूलढोकास्थित रहेको डिजिटल प्रिन्टलिंकले कर्मचारीहरुको दक्षतालाई अभिवृद्धि गर्न टेलकोटस्थित होटल हेभनहिलमा शनिवार कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मनोविज्ञान क्षेत्रका विज्ञ करिश्मा काफ्लेले कामको बोझले काममा पर्ने असर, चाप र प्रभावबारे स्पष्ट पार्दै कार्यशैलीलाई सहज गर्ने तरिकाबारे जानकारी दिनुभयो । उहाँले सिक्ने र सिकाउने कार्य जहिले पनि खुला हुने भएकाले कितावी रुपमा मात्र जान नहुनेमा जोड दिनुभयो । साथै सांगठनिक ढाँचामा रहेर एक आपसमा छलफल गरी कार्य गरे हरेक कार्य सहज हुने उहाँको ठहर छ । उहाँले आफ्नो जिम्मेवारीका काम आपूmले पूरा नगर्दा अर्कोलाई असर पर्ने भएकाले सामूहिक कार्यमा त्यस्तो गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा सञ्चालक रमेश दनेखुले संस्थाभित्रका सबल, दुर्वल, चुनौती र असरबारे स्पष्ट पार्नुभयो । सञ्चालक बलराम प्रजापतिले हरेक कार्य रुचिपूर्ण रुपमा अगाडि बढाउन यस्ता कार्यक्रमले पुनर्ताजगी गर्दै जाने बताउनुभयो । सञ्चालक प्रेम प्रजापतिले बजारको अवस्था र हाम्रो व्यवहारबारे बताउनुभयो ।
कम्प्युटर अपरेटर सीता प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा विभिन्न विभागका कर्मचारीहरु अतरक्रियात्मक रुपमा आफ्ना विचार व्यक्त गरेका थिए ।
प्रतिक्रिया