सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रिजले नेपाली युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी नेपालबाटै उत्पादन गरिएको श्री केश हेयर ओयलबाट विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने बताएको छ ।
सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूको सम्बन्धमा प्रष्टिकरण गर्न आयोजित पत्रकार सम्मेलनमा कम्पनीका म्यानेजिङ डाइरेक्टर टीकाराम बुढाथोकीले तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको दाबी गरे । जसको बारेमा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको उनको भनाई थियो ।
पछिल्लो समयमा विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा यस सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूलाई आधार मानेर श्री केश हेयर ओयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा प्रश्न उठाएपनि कम्पनीले सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति तथा ट्रेडमार्क प्राप्त कम्पनी रहेको बताए ।
गुणस्तरिय उत्पादन भएका कारणले नै कम्पनीलाई विश्वास गरी छोटो समयमै सम्पूर्ण नेपाली जनता तथा उपभोक्ताहरुमाफ विश्वबजारसम्म चिनाउन सफल भएको उनले बताए । नेपालको जडीबुटीलाई विश्वमा चिनाई नेपालको नाम उच्च राख्ने कार्य विगतदेखि गर्दै आएको बताउँदै उनले नेपाली कृषकहरुलाई आत्मनिर्भर बनाई रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने उदेश्य रहेको उल्लेख गरे ।
सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भए कम्पनीले छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने योजनामा कम्पनी रहेको उनको भनाई छ । साथै सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुने आशा कम्पनीले लिएका उनले बताए ।
जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना छ । सो अवसरमा कम्पनीले जडीबुटी सङ्कलक किसान, जडीबुटी बिक्रेता उद्योगमा काम गर्ने कर्मचारी, बिक्री वितरणमा काम गर्ने कर्मचारी गरी १०० जनालाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा रोजगारी दिएको बताएको छ ।
चालु आर्थिक वर्षको बजेटमा जडीबुटीको क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी निकाय, कृषक, सहकारी, निजी क्षेत्रहरुसँग सहकार्य गर्दै क्षमता अभिवृद्धि गरिने, उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन, निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धान जस्ता कार्यक्रम समावेश गरेकोमा कम्पनीले स्वागत समेत गरेको छ ।
सप्तऋषि ओयल एन्ड कस्मेटिक इण्डष्ट्रि
पुरानो वानेश्वर, काठमाडौं
प्रेस विज्ञप्ति
पछिलो समय विभिन्न डिजिटल मिडिया एवं सामाजिक सञ्जालबाट यस सप्तऋषि ओयल एन्ड कस्मेटिक बाट उत्पादित श्री केश तेलको बारेमा उठाइएको गुनासोहरूलाई आधार मानेर श्रीकेश तेलको उत्पादन भण्डारण र गुणस्तरको बारेमा जानकारी गराउन अत्यावश्यक भएकोले यस प्रेस मिटको आयोजना गरेको हो ।
यस प्रेस मिट कार्यक्रममा उपस्थित पत्रकार साथीहरू एवं यस कार्यक्रमलाई हेरिरहनुभएका सम्पूर्ण उपभोक्ताहरूलाई श्रीकेश तेलको उत्पादन , भण्डारण र गुणस्तरको बारेमा यस सभ्यदृश्य हेर्ने अनुरोध गर्दछु।
श्रीकेश नेपाली सरकारको नीति नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्ति कम्पनी हो। यस उत्पादनले ट्रेडमा समेत प्राप्त गरिसकेको छ। यस तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरु कपालको सुरक्षा पोषण उपचारमा सहयोगी गुणस्तरीय र उपयोगी रहेको जानकारी गराउँदछु। जसको बारेमा विभिन्न अध्ययन
अनुसन्धानले पुष्ठि गर्द्छ यस कम्पनीले जडिबुटी संकलक ,किसान ,जडिबुटी बिक्रेता उधोगमा काम गर्ने कामदार ,बिक्रीवितरनमा काम गर्ने कर्मचारी गरि सयौं जनालाई प्रत्यक्ष यवन् अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ
िजडीबुटी खेती,कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयश्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन,स्वदेश एवं विदेशमा बिक्री वितरण भने भावी योजना रहेको छ जसबाट बेरोजगारी, गरीबी निवारण,पर्यावरण संरक्षण एवं व्यापार घाटालाई समेत टेवा पुग्नेछ।
जडीबुटीको क्षेत्रमा कार्य गर्ने सरकारी,गैरसरकारी निकाय,कृषक सहकारी निजी छेत्रहरुसंग सहकार्य गर्दै क्षमता अभिवृद्धि गरिनेछ।उच्षमुल्यका जडीबुटीको खेती प्रशोधन,निर्यात,एवं हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरुको अनुसन्धान जस्ता कार्यक्रम यस आर्थिक वर्षको बजेटमा समेत समावेश गरेकोमा हामी सोह्रौं खुसी भएका छौं र यसलाई सकारात्मक अवसरको रूपमा लिएका छौं।
नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा,अनुदान,प्राविधिक सहयोग,छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमीन प्राप्त हुनेछ भन्ने आशा लिएका छौं।नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमीन प्राप्त भएमा छिट्टैनै तराई,पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको प्रमुख योजना समेत रहेको जानकारी गराउँदछु।
नेपालबाट बिरामीहरू भारतका विभिन्न जडीबुटी उपचार गर्ने आश्रममा गएर उपचार गर्ने गर्नुभएको रहेछ। त्यस क्रममा मैले उहँहरुको उपचारमा सहजीकरण मात्र गरिएको मात्र हो।जडीबुटी उपचारबाट स्वास्थ्यलाभ हुने र स्वदेशमा समेत यस्ता उपचार केन्द्रहरुको आवश्यकता रहेको हुँदा आधिकारिक रूपमा चिकित्सक सहितको स्वास्थ्य सहितको स्वास्थ्य संस्था सञ्चालन गरिएको छ।
प्रेस विज्ञप्ति
आदरणीय ग्राहक महानुभावहरु,
यस सप्तऋषि ओएल एण्ड कस्मेटिक इन्डष्ट्रीद्वारा उत्पादित श्री केश व्बमष् द्यगतष् ब्थ्ग्च्ख्भ्म्क्ष्ऋ ज्ब्क्ष्च् इक्ष्ी सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट भ्रामक, कपोलकल्पित, तथ्यहीन सामग्री प्रकाशित÷प्रसारित भएकोप्रति यस इन्डष्ट्रीको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस इन्डष्ट्रीले नेपालको कानुनमा तोकिएको मापदण्डमा रही विगगत लामो समयदेखि श्री केश तेल उत्पादन गर्दै आएको छ । यस इन्डष्ट्रीबाट उत्पादन भइरहेको श्री केश तेल लाखौँ उपभोक्ता÷प्रयोगकर्ताले प्रयोग गरिरहेको यहाँहरुलाई विदितै छ । यसरी लाखौँको सङ्ख्यामा प्रयोग÷उपभोग भइरहेको अवस्थामा उपभोक्ताबाट प्रतिक्रिया आउँदा हामी यसतर्फ सचेत छौँ । आगामी दिनमा उपभोक्ताको थप अपेक्षा पुरा हुनेगरी यस इन्डष्ट्रीले आफ्नो उत्पादनलाई व्यापकता दिने नै छ । केहीदिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट यस इन्डष्ट्रीले उत्पादन गरेको श्रीकेश तेलका सम्बन्धमा उपभोक्तालाईसमेत द्विविधामा पार्ने गरी, विधिअनुरुप प्रयोग नगरी छोटो समयमा नै अपेक्षित परिणाम खोज्ने केही उपभोक्ता र कुनै अध्ययन÷अन्ुसन्धान नै नगरी कपोलकल्पित÷मनोगत विचार व्यक्त गर्ने केही व्यक्तिको भनाइसमेत लिइ भ्रमपूर्ण एवं तथ्यगत पुष्ट्याईंबेगरका सामग्री प्रकाशन÷प्रसारण गरी इन्डष्ट्रीको व्यावसायिक प्रतिष्ठा र विश्वसनीयतालाई कमजोर पार्ने किसिमबाट भएको टिकाटिप्पणी÷क्रियाकलापप्रति इन्डष्ट्री खेद प्रकट गर्दछ ।
समृद्ध नेपाल निर्माणमा यस इन्डष्ट्रीले प्रत्यक्ष÷अप्रत्यक्षरुपमा योगदान दिंदै आइरहेको छ । गुणस्तरयुक्त एवं विश्वसनीय वस्तु उत्पादन गर्दै सम्पूर्ण उपभोक्ताको अपेक्षा पुरा गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै, देश–विदेशमासमेत बजार विस्तार गरी देशलाई दिगो विकासको बाटोतर्फ लानु नै यस इन्डष्ट्रीको मुख्य उद्देश्य रहेको छ । यस इन्डष्ट्रीबाट उत्पादित वस्तुहरुको विधि÷पद्धतिअनुरुप प्रयोग गरेमा अपेक्षित लाभ लिन सकिन्छ भन्ने कुरा आम उपभोक्तामा विश्वास दिलाउन चाहान्छौँ । साथै यस किसिमका कपोलकल्पित, भ्रामक र तथ्यहीन सामग्रीमा कुनै सत्यता नभएकोले हाम्रो उत्पादनलाई निर्धक्क भइ प्रयोग÷उपभोग गर्नुहुन सम्पूर्ण उपभोक्तालाई हार्दिक अपिल गर्दछौँ ।