भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मासु पसल तथा बधस्थलहरुमा बजार अनुगमन गरियो । दशैंलाई लक्षित गरी मासु व्यवसायीहरुले जथाभावी मुल्य राखी उपभोक्ता ठग्ने र बासी कुहेको मासु विक्रि वितरण र बधस्थलहरु अधिकांस फोहर देखिएको बताउनु भयो ।
अुनगमनमा  हरिकृष्ण शाहीको राँगोको मासु पसल दर्ता प्रमाण पत्र नदेखाएकोले दर्ता प्रमाण पत्र लिई दिउँसो १२ः०० बजे कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने निजको पसलमा विग्रेको र कुहेको मासु १० केजि जफत गरी नष्ट गरियो । साथै ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्न निर्देशन दियो ।
 त्यस्तै लक्ष्मी दास शाहीको राँगोको मासु पसल व्यवस्थित गरी भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने र पेटी बाहिर पसल नराख्ने, दिफ्रिज र रेफ्रिजेटर प्रयोग गर्ने, दर्ता प्रमाण पत्र पसलमा देखिने गरी राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्न निर्देशन दियो ।
त्यस्तै न्यू चिकेन स्टोरमा दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न र ससेज्को लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दियो ।
त्यस्तै महाकाली मिट स्टोर तथा बधस्थल दर्ता नविकरण गर्ने, बधस्थल भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, बध स्थलमा ढल निकास व्यबस्थित गर्ने र भुडिं, बोसोलगायत काम नलाग्ने मासुका फोहर ढलमा नफाल्ने, बधस्थल निर राँगो राख्ने स्थान पनि सफा राख्ने, मुल्य सुचि देखिने गरी राख्ने र विग्रेको कुखुराको मासु १५.१३० कजि जफत गरी नष्ट गरियो ।
त्यस्तै लक्ष्मी दास मिट सप दर्ता नविकरण नभएको र बाटोमा पसल राखी राखेको हटाउने साथै बधस्थल समेत भएकोले पसल बधस्थलमा दर्ता गर्ने, बधस्थल भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, बध स्थलमा ढल निकास व्यबस्थित गर्ने र भुडिं, बोसोलगायत काम नलाग्ने मासुका फोहर ढलमा नफाल्ने, बधस्थल निर राँगो राख्ने स्थान पनि सफा राख्ने, मुल्य सुचि देखिने गरी राख्ने र विग्रेको मासु ३ कजि जफत गरी नष्ट गरियो ।
त्यस्तै विकेश मिट सपमा दर्ता नविकरण सबैले देख्ने गरी राख्ने, पसलमा सरसफाइ गर्ने, भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्ने, एप्रोन सेतो प्रयोग गर्ने र दर्ता प्रमाण पत्र पटक पटक अनुगमनमा नदेखाएकोले दर्ता प्रमाणपत्र लिई दिउँसो १२ः०० बजे कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै महाकाली मिट सप दर्ता नविकरण गर्ने, मुल्य सुचि राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्ने, एप्रोन सेतो प्रयोग गर्ने निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका राजेश त्वानावासु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक लब कस्पाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा सहभागी थियो ।
...

All Comments.......


Please Login/Register To Comments