चीनियाँ टोलीसँग नेकको अन्तरकृया सम्पन्न


बैशाख ११, २०८०, सोमबार | विहान ०७:४० बजे | 35


चीनियाँ टोलीसँग नेकको अन्तरकृया सम्पन्न

नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थारू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रम अन्तरगत नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँचितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लाग्नु भएमा विज्ञहरू बीच अन्तर्कृया सम्पन्न भएको छ। कार्यक्रममा चीनको एमिति फाउण्डेसनका श्री शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग, र फेङ चेङले ती संस्थाहरूले नेपालमा तथा चीनमा गरिरहेका विभिन्न अध्ययन तथा अन्य आयोवनाहरूबारे प्रकास पार्नुभएको थियो। नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययान केन्द्रको तर्फबाट उपप्राध्यापक डा. नारायण प्रसाद कोजुले ती चीनियाँ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको विकत क्षेत्रहरूमा वासस्थान बनाएका हिउँ चितुवा तथा अन्य दूर्लभ वन्य जन्तुहरूको अध्ययन विगत १८ महिना देखि स्थानीय बासिन्दाहरू समेतको सहयोगमा गरिरहनु भएको छ। अध्ययनको क्रममा लप्चेमा आधा दर्जन भन्दा बढि हिउँ चितुवाहरू भएको प्रमाण भेट्टाएको जानकारी प्राप्त भएको छ। ती इलाकाहरूमा प्राप्त जैविक विविधताबाट नेपालमा वातावरणीय पर्यटन प्रोत्साहन प्रवर्धन गर्न सकिने बारे दुवै पक्षले सहमति जनाए। अन्तरकृया कार्यक्रममा उक्त अध्ययनको प्रारम्भिक उपलव्धीहरू बारे डा. नारायण प्रसाद कोजुले विस्तृत रूपमा प्रकास कार्नुभएको थियो। दुर्मम स्थानमा बसोबास गर्ने दुर्लभ जीवहरूको वासस्थान, आहारा तथा अन्य विधाहरूको अध्ययन अति कठिन तथा खर्चिलो हुने गर्दछ। जंगलको बीचमा विभिन्न स्थानहरूमा क्यामरा जडान गरी महिनौं सम्म कुरी क्यामरामा कैद भएका चित्रहरूबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषणगरी निष्कर्ष निलाल्नु पर्ने हुन्छ। लप्चे माथिको अध्ययन स्थानमा पुग्न झन्डै तीन दिन पैदल यात्रा गर्नु पर्ने हुन्छ। ती चिनियाँ संस्थाहरूले गर्नु भएको आर्थिक तथा प्राविधिक सहयोगकोलागि प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजको तर्फबाट प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, स्नातकोत्तर अध्ययान केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही र कलेजको अन्तर्राष्ट्रिय आयोजना कार्यालयका उपप्राध्यापक कृष्ण विक्रम शाहले भाग लिनुभएको थियो।

Comments