काठमाडौ । स्थापित बैंकर समेत रहेका गीतकार तथा गायक राजु देवकोटाको ‘तिमी भन्छौं’ बोलेको गीतको म्युजिक भिडियो शनिवार राजधानीमा सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डका अध्यक्ष समेत रहनु भएका वरिष्ठ संचारकर्मी लक्ष्मण हुमागाइँले एक कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका हुमागाइँले स्रष्टा देवकोटाको शब्दहरू सहित गायन कला पनि सशक्त रहेको टिप्पणी गर्नुभयो । स्रष्टा देवकोटाका पिता सोमराज देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक डाक्टर टेकनाथ ढकाल, संचारकर्मी, धमेन्द्र सापकोटा, इन्जिनियर दिनेश भट्ट लगायतका वक्ताहरूले गीतकार तथा गायक देवकोटाको भविष्य उज्वल रहेको बताउनु भएको थियो । स्रष्टा देवकोटाले कोभिड कहरबीचको लकडाउनको समय सदुपयोग गर्दै आफू गीत संगीतमा रमाएको धारणा राख्नुभयो । म्युजिक भिडियोको निर्देशन पिटर गुरुङले गरेका छन् भने संगीत आरसी रिमालको रहेको छ । म्युजिक भिडियोमा रोहितकुमार थापा र तृप्ती श्रेष्ठको अभिनय छ । गीतकार तथा गायक देवकोटाको यसअघिको लोकभाकामा आधारित ‘खोली तिरैमा’ बोलको गीत पनि निकै चर्चित भएको थियो ।...

All Comments.......


Please Login/Register To Comments