भक्तपुर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबारदेखि आफूले सञ्चालन गरेको मार्टमा एटीएम सेवाको सुरुवात गर्न थालेको छ । भक्तपुरको कमलविनायकस्थित मार्टमा पहिलो पटक एटीएम सेवा शुभारम्भ गरेको हो ।
संस्थाको मार्ट भएका विभिन्न ठाउँंहरुमध्ये भक्तपुरमा पहिलो पटक एटीएम सेवा सुरु गरेको जनाएको छ । भक्तपुर प्रधान कार्यालय भएको सहकारी भएकोले भक्तपुरमा पहिलो पटक यस्तो सेवा सुरु गरेको जनाएको छ ।

भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले एटीएम सेवाको शुभारम्भ गरेका हुन् । शिवशिखरको कमलविनायक सदस्य सेवा केन्द्रमा एटीएम सेवा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक लीलानाथ गौतमले आगामी र्दुइ हप्ताभित्रै सहकारीले सञ्चालन गरेका काठमाडौं उपत्यकाका तीन र उपत्यकाबाहिरका १० वटा जिल्लाहरुका विभिन्न मार्टहरुमा एटीएम सेवा विस्तार गर्ने योजना रहेको जानकारी गराए ।
आगामी दिनहरुमा मार्ट रहेका स्थानहरु भक्तपुरको कमलविनायकसहित काठमाडौंको कीर्तिपुर र ललितपुरको ठैबमा एटीएम सेवा सुरु गर्ने जनाइएको छ । साथै उपत्यकाबाहिरका बाग्लुङ, पोखरा, कन्चनपुर, नेपालगञ्ज, सुर्खेत, टाँंडी, डडेलढुरा, धनगढी, तुल्सीपुर र हेटौडामा सेवा सुरु गर्ने योजना रहेको जनाइएको छ ।  
भविष्यमा देशभर ५० ठाउँंहरुमा मार्टसहित एटीएम सेवा विस्तार गर्ने योजना रहेको पनि उनले सुनाए । हाल मार्ट सञ्चालन गर्दै आइरहेको सहकारीको यो पहिलो एटीएम सेवाको सुरुवात रहेको जनाइएको छ ।...

All Comments.......


Please Login/Register To Comments