काठमाडौं । चितवनमा नेपाल इको प्यानल नेपाल प्रालिले इको प्यानल जडान तालिम दिने भएको छ । सिप सिको रोजगार बनौ भन्ने नाराका साथ छोटो अवधिको तालिम दिने जनाइएको छ ।
तालिममा सहभागी हुनका लागि न्युनतम नौ कक्षासम्म पढेका र १८ वर्ष पूरा हुनुपर्ने कम्पनीले जनाएको छ । तालिम पहिलो र दोश्रो गरी दुई चरणमा हुने जनाइएको छ । पहिलो चरणको तालिममा ७० प्रतिशत प्राप्तांक प्राप्त गरे मात्रै दोश्रो चरणको तालिममा सहभागी गराइने जनाइएको छ । पहिलो र दोश्रो चरणको तालिमपछि कामको मूल्यांकन गरी रोजगारी दिइने कम्पनीले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments