सुजाता लामिछाने
हामीलाई सरले पहिलो पटक रिपोर्टिङ गर्न लादै हुनुहुन्थ्यो । म पहिलो पटक रिपोर्टिङ गर्न जान लागेको थिए । म निकै नै खुसी थिए । मलाई कहिले रिपोर्टिङ गर्न जाउजाउ लागिरहेको थियो । त्यो दिन आयो पनि ।
हामी सबैजना कक्षाका साथीहरू सरसँंग मिलेर जाने तायारी गर्न थाल्यौं । हामी सबैजना बाहिर निस्केर जान लागेका थियौ, हाम्रा केही साथीहरु बाहिरै रहेछन् । हामीले उनीहरुलाई पनि त्यतैबाट लाने बिचार गरयौ  । र उनीहरुले आफ्नो झोला भित्र राखे ।
हामीलाई सरले रिपोर्टिङ गर्न इटाभटृा लानी भन्नुभएको थियो । इटाभटृा कलेजबाट दस मिनेट टाढा थियो । चिसो–चिसो मौसम थियो । हामी सबै विद्यार्थी फटाफट इटाभटृातिर लाग्यौं । हामी सबैजना इटाभटृा पुग्यौं  एकैछिनमा । पहिलेदेखि नै दुई मानिसले एक हजार इटा पारिसकेका रहेछन् । त्यसपछि सरले उनीहरुलाई प्रश्न गर्नुभयोः–कति वटा ईटा पारिसक्नु भयो त दाइ भनेर ? उनीहरुले भने, हामी राति दुई बजेदेखि उठेर एक हजार ईटा बनाइसक्यौं । सरले उनीहरुको परिवारमा कति जना छन् भनेर सोध्नुभयो । उनीहरुले हामी पाँच जना छौ । हामी बाबू छोरा मात्रै  यहाँ  काम गर्न आएको बताए ।

बाबु रहर लामाले बताए अनुसार उनीहरु म्िसरदेखि ईटा पार्न आएका रहेछन् । घरमा उनीहरु खेतीकिसानी गर्ने बताए । उनीहरु गाउँमा गाई ,बाख्रा पाल्ने आदि काम गर्ने रहेछन् । त्यो ईटा पारेर आएको आम्दामीले आधा खर्च रासनमै लाग्छ भन्नी उनहरुको भनाई थियो । उनीहरुको कमाइ दुई लाख जति हुने रहेछ ।

अब हामी सरले बताए अनुसार आफ्नो रिपोर्टिङ गर्न जाने मानिसहरुसग छलफल गर्न गयौं । त्यसपछि हामी एक बाबु ,छोरी भएको ठाँउमा पुग्यौं । बाबुको नाम सम्भु र छोरीको नाम निर्मला थियो । उनीहरुले पनि एक हजार ईटा पारिसकेका रहेछन् । उनीहरुले काम सुरु गरेको एक महिना भएको रहेछ । बाबुछोरी गीत सुन्दै ईटा पार्दै थिए । उनीहरु काम गर्दै गीत सुन्दै आफ्नै धुनमा रमाउदै थिए । उनीहरुको घर रामेछाप रहेछ ।  उनीहरुलाई साहुले नै यहाँ लेर आएका रहेछन् । उनीहरु गाउँमा खेती किसानी गरेर आफ्नु घर परिवार पालिरहेका रहेछन । उनीहरुको दुई छोरी एक छोरा रहेछन् । गाउँमा आफ्नो खेती कामाईले नपुगेर यहाँ आएको बताए उनीहरुले ।
यस्तो चिसोमा धमाधम उनीहरु ईटा बनाइरहेका थिए । अनि हामीले प्रश्न गरयौं तपाइँहरुलाई चिसो भएको छैन ? अनि बाबू सम्भुले जवाफ दिएः चिसो मानेर के गर्नु नानी ? काम गर्नै पर्यो । मलाई सारै नमज्जा लाग्यो त्यसपछि ।
एउटी छोरीको बिहे भैसकेको रहेछ । ज्वाई पनि यहीँ काम गर्ने रहेछन् । उनीहरुलाई साहुले हप्ताको तीन हजार दिने रहेछन । त्यही पैसाले उनीहरुको गुजारा चल्ने रहेछ ।
हामीले उनीहरुलाई के प्रश्न गरौं भने, तपाइँहरुले यो सिजनभरि ईटा पारेको कति हुन्छ भनेर सोधपुछ गरौं । उनीहरुले हामी घर जादा दुई लाख जति लेर जान्छौ भने । उनीहरु त्यो पैसा लेर जादा आफ्नो घर परिवारलाई नयाँ लुगा अनि चाहिने अन्न सामन लिएर जाने रहेछन् । अनि उनीहरु बिरामी हुदा चै कसले हेरिदिन्छ भन्दा उनीहरुले त्यो त आफ्नै खर्चबाट नै उपचार गर्नुपर्छ भनेर बताए । उनीहरु त्यस  इटाभटृामा काम गरेको धेरै बर्ष भैसकेको बताए ।
उनीहरु बाबुछोरी हास्दै रमाउदै ईटा पारिरहेका थिए । मलाई पनि ईटा पारम–पारम जस्तै लाग्यो र हामीले पनि एउटा बनायौ । निकै राम्रो बन्दो रहेछ । मलाई उनीहरुलाई खुसी देख्दा निकै खुसी लगेको थियो । अनि हामीले हात धोयौ अनि त्यहाँ आमाले मिठो चिया दिनुभयो । चिसो मौसम थियो । तातो चिया खान पाउदा निकै खुसी लाग्यो । अनि हामीले आमालाई धन्यवाद दिएर त्यहाँबाट फक्यौ ।
...

All Comments.......


Please Login/Register To Comments