सन्दर्भ सहकारीको हो । पूँजीवादी दलका नेता कार्यकर्ता कति जालि हुन्छ भने कुरा का.रोहितले भन्नुभए जस्तै देशको सबै जालि फटाहा एक ठाउँमा र एमाले एक ठाउँमा राखे एमाले नै ग¥हुँगो हुन्छ । त्यसैले कांग्रेस त पूँजीवादी दल नै भए तर एमाले कम्युनिष्ट मुकुण्डो लगाएको भाई काग्रेस भनेर पनि का.रोहितले उति बेला नै बोलेको हो । तर आज आएर माओवादी पार्टी कांग्रेस र एमालेलाई माथ लगाउने ध्रुत बनि सकेको त्यसका कार्यकर्ताहरुबाट प्रष्ट हुन्छ ।
समदर्शी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्ध निर्देशकको कठपुतलीको रुपमा संचालक समितिमा आएका कृष्णगोपाल लागेजू भक्तपुर रेडक्रसको सभापति प्रचण्डको निर्देशनमा बनाएको समाचार हेर्न पाएँ । त्यहाँ कांग्रस सभापति मनोज थापालगायत कांग्रेस र एमालेहरु सबैलाई उछिनेर सभापति बन्न सफल भएका व्यक्ति हो । अव सोचौं हामी कांग्रेस र एमालेभन्दा कति ध्रुत, कुचाल र कूनीति छन् भनेर । हो त्यस्तै समदर्शी साकोसका प्रबन्धनिर्देशक हरिराम लवजूले सहकारी चलाउन जहिले पनि नेमकिपाका समर्थकहरु अगाडि सारेर सहकारी चलाई रहेको छन् । किनकि भक्तपुर नगरमा बढी नेमकिपा समर्थक हुन्छ । तिनीहरुलाई सदस्य बनाउन तिनीहरुको पैसा बटुल्न साधारण सभामा नेमकिपाका अतिथि बनाएर फाइदा उठाउने र भित्रभित्र नेमकिपालाई अप्ठ्यारो पार्ने काम गर्दछ । नेमकिपाको हरेक गतिविधिलाई निस्तेज पार्ने र नेमकिपाको कमिकजोरी उठाएर समर्थकलाई भाड्ने काम मात्रै गर्देन का.रोहितले संसद भंगको बारेमा बोलेको विषय हो वा माओवादीलाई सैद्धान्तिक आलोचना गरेको विरुद्ध समर्थकहरुलाई विषवमन गर्न पछि पर्देन । साथै नेमकिपाको माहाधिवेशनको लागि महेश्वरी वैंक्वटमा कार्यक्रम तय भएकोलाई सहकारीको साधारणसभा बुकिङ्ग गरेको भनि उक्त स्थान उपलब्ध नगराउने लवजूले अख्तियारबाट पत्र आएको निँहु गरी आफै बोक्सि आफै धामी बनि नेमकिपाका समर्थकहरुलाई संचालक समितिबाट हटायो । सहकारी चलाउन उनले सल्लाकारमा नेमकिपा समर्थक विश्वमोहन जोशी र कृष्णबहादुर प्रजापतिहरुलाई अगाडि सारेर अझै नेमकिपाका समर्थकहरुलाई भ्रममा पारी कुचाल चालिरहेको अनुभव १९ औं साधारण सभा समापनमा सहभागी हुँदा प्रष्ट भयो । विश्वमोहन जोशी अहिले ४१ औं तःमुज्याको सभापतित्व ग्रहण गर्ने व्यक्ति हुन । यस्ता सेलिब्रेटिहरु अगाडि सारेर सहकारी मार्फत आफ्नो व्यक्तिगत स्थार्थ र माओवादीको दुनो सोझ्याउन उद्धतहरुलाई अझै चिन्न ढिलो गरे भोलि ठूलो नोक्सानी बेहोरीनु पर्ला ? नेमकिपा समर्थकहरु समयमै सचेत बन्ने हो कि ? चोर र साँधु चिन्ने गल्ती गरे त्यसको परिणाम समर्थक र कार्यकर्ताहरुले भोग्नु पर्ने निश्चित छ । संसारका काग कालै हुन्छ । मुखमा रामराम बगलीमा छुरा राख्नेहरुले कसैको भलो गर्देन । ढिलो वा चाँडो आफ्नो स्वार्थ अनुकुल काम नगरेमा बाटोको ढुङ्गा फालेझै फाल्ने छन् । त्यसको ज्वलन्त उदाहरण साधारण सभामा निवर्तमान अध्यक्ष नभएपछि थाहा पाएँ । जवकि साधारण सभामा उद्घोषक सचिवले रामकृष्ण प्रजापति भनेर सम्बोधन भयो । निर्वतमान अध्यक्ष अहिले आफुलाई मन नपरेकोले नराखेको हुनुपर्छ । पछि फेरी आफु अनुकुलको व्यक्ति आएपछि त्यो पद सिर्जना गर्ने छ । आफ्नो दुनो साझाउन जे पनि गर्ने पाखण्डीहरु सिखण्डी बन्छ । विभिषण बन्छ । अहिलेका अध्यक्ष बनेका खरिदविक्रि अथवा जग्गा दलाली काम गर्ने व्यक्ति भएकोले आफ्नो स्वार्थ बाहेक केहि नहेर्ने, आफ्नो पैसा उठाउन सहकारीमा ऋण लिन लगाई आफ्नो पैसा असुल्ने र सहकारीलाई फसाउने गरेको भाका नाघेको ऋण बढेसंगै पुष्टि हुन्छ । त्यसैले त्यस सहकारीका सदस्यहरु वेलैमा सचेत हुन जरुरी छ । धन्यवाद ।
एक शुभचिन्तक सदस्य

...

All Comments.......


Please Login/Register To Comments