भक्तपुर । भक्तपुरको मिबाछेँमा अवस्थित जनस्मृति वचत तथा ऋण सहकारी सस्था लिको १२ औं वार्षिक साधारण सभाअध्यक्ष राम कृष्ण श्रेष्ठको सभापतित्वमा भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशको प्रमुख  आतिथ्यतामा असोज २३ गते सम्पन भयो ।
उक्त वार्षिक साधारण सभामा उप प्रमुख रजनी जोशीले भक्तपुरको कला सस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ । किन कि नयाँ पुस्तालाई हस्तानतरण गरेर कला र सस्कृति  जोगायन सकिन्छ भन्नुभयो ।भक्तपुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष हरि प्रसाद वासुकला , राष्ट्यि सहकारी वैकका प्रतिनिधी ,भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघकाप्रतिनिधि,  मित्र सहकारी सस्थाहरू हाम्रो अरनिको वचत तथा ऋण सहकारी सस्था लि, अन्य मित्र सस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सभामा सस्थाको विभिन्न समितिहरू मध्ये सस्थापक अध्यक्षको बक्तव्य बहिनीले पढेर सुनाउनु भएको थियो । सचिव जमुना महर्जनले सस्थाको वार्षिक प्रतिवेदन पुस्तिकाको पढेर सुनायो,कोषाध्यक्ष सुरेन्द्र सुवालले प्रतीवेदन पढेर सुनाए र २०७८र०७९ सालको वजेट पनि पेस गर्नु भयो आगामि वर्षमा ८८,४५३४२र५३  को पेस गर्नु भयो र विगत वर्षको ६३,६९९८९र३० को थियो ।२०७७र०७८ सालमा शेयर पूँजि रू ६५,०५,५०० थियो ,कूल निक्षेप ५,००,२१,३६१र३५ पैसा कूल लगानी ५,०८,८०,७७३७० रहेको कोषाध्यक्षले सभनमा जानकारी दिनु भयो ।
सदस्यहरू१०६० जनामा पुरूष ६३४ ,महिला ४२६ र बाल बचतका ७ जना रहेछन् । लेखा सुपरिवेक्षणका समिथिको प्रतीवेदन संयोजक अनिला सिन्ताकलले रिपोर्ट तयार गरेर भनुभएको थयो । स्वागत मन्तव्य बहिनीले दिनु भयो  सभाको अन्तमा लासिवा भाईले आफ्ना कुराको साथै सवैलाई धन्यवाद र शुभकामना व्यक्त गर्नु भएको थियो । सभाका राष्ट्यि गान र यश वर्ष कोरोनाले मृत्यु भएकाहरूमा समर्पणमा मौनधारणले ठाऊ ओगटेको थियो । राकेस सुवाल ज्यूले पनि अफ्ना विचार राख्नु भएको थियो ।

दोस्रो सेसनले विभिन्न प्रतीवेदनको छलफल गरि प्रतीवेदनको साथै वजेटलाई १२ औं वार्षिक साधारण सभाले व्यापक पास गरेको थियो । सभामा आगामि वर्षको लागि भावि कार्यक्रम पनि पेस गरेको थियो । सभाको अन्तमा सस्थाको अध्यक्ष ज्यूले प्रतीवेदनमा प्रकासित मन्तव्यले नेपालीहरूको घरआँगनमा आईसकेको शुभ विजया दशमीको तथा दिपावली,छठ पर्वको अग्रिम शुभकामना व्यक्त गर्दै १२ वार्षिक साधारण सभासमणम आईपुग्दा  सहयोग गर्नुहुने सदस्य मित्रहरू र शुभचिन्तकहरूलाई प्रती हार्दिक नमन गर्न चाहन्छु भनेर सभा विर्सज भएको जानकारी गर्नु भयो । साधारण सभा सानो उध्योगको उध्योग विभागको हलमा सम्पन भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments