विगत एक दशकदेखि भक्तपुरको घ्याम्पेडाँडा प्रवर्धनमा अगुवाई गर्दै आएका पर्यटनकर्मी रामजी अवालले हालै सञ्चालनमा ल्याएको ‘सूर्यविनायक होमस्टे भ्यूटावर रिसोर्टले ५ सय रुपैयाँमा कोठा बेच्न सुरु गरेको छ।

प्रख्यात सूर्यविनायक मन्दिर नजिकै तीनधारामा रहेको रिसोर्टले बडा दशैंको अबसरमा दुई बेड भएको कटेजमा एक रात बसेको ५ सय रुपैयाँ लिने योजना सार्बजनिक गरेको हो।

‘हामीले काठमाडौं बाहिरबाट आउने ग्राहकका लागि यो योजना ल्याएका हौं’, अवालले भने, ‘यो स्किम वि।सं। २०७८ सालभरि लागु हुनेछ।’

डेढ करोड रुपैयाँ भन्दा बढीको लगानीमा वि।सं। २०७७ माघ १७ गतेदेखि सञ्चालनमा आएको रिसोर्टमा १२ वटा कटेज छन्।

भक्तपुर बजार, हिमाल र मिठो परिकारका लागि रिसोर्ट लोकप्रिय भैसकेको छ। रिसोर्ट हातामा बनाइएको भ्यू टावरबाट बजार र हिमालको दृश्य छर्लङ्ग देखिन्छ।

आत्मीय वातावरणमा सेवा प्रदान गरिने रिसोर्टले जनाएको छ। विशेषतः नेपाली र नेवारी परिकार पाइने रिसोर्टमा हनिमुन, जन्मदिन र फेमिली ग्यादरिङ गर्नेहरूको भिड लाग्ने गरेको छ।

रिसोर्टको हनिमुन प्याकेजको मूल्य दुई हजार रुपैयाँ पर्छ। यसमा एक जोडीलाई वेलकम डिङ्क्स, ननभेज डिनर, बेड र ब्रेकफास्ट सुविधा दिइन्छ।

लअभिि ष्ल
रिसोर्टको मेनुमा मटन थकाली सेटको ४ सय रुपैयाँ पर्छ भने भेज सेटको अढाई सय रुपैयाँ।

रिसोर्ट सञ्चालक अवाल तिनै पर्यटनकर्मी हुन् जसले घ्याम्पेडाँडामा वि।सं। २०६७ सालदेखि ‘सुजल क्याफे एण्ड घ्याम्पेडाँडा रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्। उनले रिसोर्ट सञ्चालन गरेदेखि घ्याम्पेडाँडासहित सम्रग रानीकोट क्षेत्र मिडियामा छाउँदै आएको छ।(सेतोपाटी  

सम्पर्क
सूर्यविनायक होमस्टे भ्यू टावर रिसोर्ट
सूर्यविनायक नगरपालिका–६, भक्तपुर
फोनः ९८५१०४००१५
...

All Comments.......


Please Login/Register To Comments