भक्तपुर । दिगो सहकारी विकासका लागि संघ नारा दिन्दै आएको भक्तपुर बचत तथा ऋण सहकारी संघ काठमाण्डौ उपत्यकाकै उत्कृष्ठ संघ रहेको ठहर गर्दै संघको निर्माणाधिन भवनको मंगलबार शिलाान्यास भएको छ । सहकारी अभियानलाई दिगा बनाउनका लागि संघको भवन निर्माणले थप टेवा पुग्ने विश्वासका साथ वचत सहकारीलाई सेवामा समर्पित सदस्य केन्द्रीत जनताको ब्यवसायीक संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाको छाता संगठनको रुपमा रहेको भक्तपुर बचत तथा ऋण सहकारी संघले मंगलबार भक्तपुरमा आयोजना भएको भवन शिलान्यास कार्यक्रममा राष्ट्यि सहकारी महासंघका अध्यक्ष मिनराज कडेंलले सहकारी संस्थालाई सदस्य केन्द्रीत सेवामूलक बनाएर उत्पादनमूलक व्यवसायमा लगानी गर्ने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष कडेंलले सहकारी सरकारको प्रतिस्पर्धी होइन परिपुरक भएको जोड दिदै सहकारीका सदस्यहरुको जीवनस्तर उकास्ने, समृद्धिको राष्ट्यि लक्ष्य प्राप्तिका लागि समेत सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । समुदायमा आधारित सहकारी संकटको बेला पनि सेवामा समर्पित भई दीगो रहने कुरा कोरना भाइरसको जोखिम र लकडाउनको समयले पनि प्रष्ट पारेको बताउँदै उहाँले सहकारीलाई पैसा थग्ने संस्थाको रुपमा नकारात्मक प्रभाव पारिरहेको बेला सदस्य केन्द्रीत भई सहकारीलाई हेर्न दृष्टिकोणमा सकारात्मक बनाउनुपर्नेमा जोड दिनु भयो । सहकारी सेवा र सदस्य केन्द्रीत हुनुपर्नेमा दुईमत नभएको जनाउँदै अव्यवहारिक सहकारी ऐनहरुलाई संशोधन गराउन पहल भइरहेको जनाउनु भयो । सहकारी अयिभानमा भक्तपुर बचत संघले आफ्नो छुटै पहिचान बनाइरहेको उल्लेख गर्नु हुँदै आफ्नो भवनको शिलान्यास गरेर थप एउटा ईटा थप्ने कार्य गरेकोमा प्रसंशा गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथी एवं नेफ्स्कुनका पूर्व अध्यक्ष तथा वरिष्ठ सहकारीविद् कैलाशभक्त प्रधानांगले सहकारी अभियानलाई गुणस्तरीय सेवामूलक बनाउन संघको भवन निर्माणपछि थप प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भयो । संघले आफ्नो भवन बनाउन सुरु गरेर भक्तपुर बचत संघ आत्मनिर्भर र सक्षम एवं सवल रहेको प्रष्ट पारेको बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहहरुको सहकारी ऐनहरु सहकारी मैत्री नभएको उल्लेख गर्दै उहाँले सन्र्दभ ब्याजदरमा काठमाण्डौ, ललितपुर लगायत विभिन्न जिल्ला संघले विरोध गरी रहेको तर भक्तपुर बचत संघले आफ्नो अदान राख्न सफल रहेकाले अरु संघ भन्दा भक्तपुर बचत संघ उत्कृष्ठ रहेको बताउनु भयोे । नेफ्स्कुन र सहकारी महासंघ मिलेर सहकारी अभियानलाई थप उच्चाईमा पुर्याउन सकिने विचार व्यक्त गर्नु भयो ।
संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले बजारमा नाफामुलक र समुदायमा आधारित सेवामुलक छुट्ै पहिचानका साथ सहकारी रहेको उल्लेख गर्दै कल्याणकारी कार्य गरेर मात्र सहकारी सफल नहुने बताउनु भयो । समूह केन्द्रीत भन्दा सदस्य केन्द्रीत गरेर समुदायमा आधारित सहकारीले सेवामूलक व्यवसायीक संस्थाको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । १६ वटा बचत सहकारीबाट सूरु भएको संघले जिल्लाका १९८ वटा सहकारीलाई समेतिएर आज आफ्नै भवन बनाउन सुरु गरेकोमा सफलताको शुभकामना दिनु भयो ।
संघका निवर्तमान अध्यक्ष राध्येश्याम सुवालले आफू अध्यक्ष रहेको बेला सूर्यविनायक नगरपालिका वडा नम्वर८ स्थित इतबुमा संस्थाको नाममा जग्गा किन सकेकाले आज आफ्नै खुट्टामा उभिन सफल भएको बताउनु भयो । समुदायमा आधारित सहकारी संस्थाहरु कोरनाको जोखिमका बीच पनि सेवा दिन सफल रहेको बताउँदै संघको भवन निर्माणपश्चात थप प्रभावकारी सेवा दिन सकिने विचार व्यक्त गर्नु भयो ।
शिलान्यास कार्यक्रमका सभापति एवं संघका अध्यक्ष मुलुकको सहकारी अभियानमा भक्तपुर बचत संघले सहकारी अभियानलाई दीगोपना दिने हिसाबले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो । एक व्यक्ति एक सहकारी नीति व्यवहारीक नभएकोमा संघले जोड दिदै आएको उल्लेख गर्दै भक्तपुरका स्थानीय तहहरुमा रहेका नीतिगत समस्याहरुलाई समाधानको पहल गर्दै आएको बताउनु भयो । उहाँले यस्ता सहकारी अभियानमा निरन्तर सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै जाने बताउनु भयो । कोरना भाइरसको जोखिमका बीच अव हुने साधारण सभामा ५१ प्रतिशत सदस्य सहभागि गराउने कार्य जोखिम र चुनौतीपूर्ण नीति रहेकोले सुधार्न आवश्यक भएकोमा जोड दिनु भयो । जापान जस्तो देशमा १० प्रतिशत सदस्य सहभागि भए पुग्ने नियम रहे पनि देशमा ५१ प्रतिशत सहभागि अनिवार्य गर्नु व्यवहारिक नभएको बताउनु भयो ।
संस्थाको भवन बनाउन गाह्रो रहेको उल्लेख गर्दै नीतिसंगत रुपमा सूनपाबाट डिपिसीसम्मको भवन निर्माण अनुमति लिएर मात्रै संघको भवन निर्माणका लागि शिलान्यास गरेको जनाउनु भयो । संघको भवन निर्माणमा ११८ भन्दा बढी सदस्य सहकारी संस्थाहरुले प्रति सहकारी रु। ५ हजार भन्दा बढी सहयोग गरेको उल्लेख गर्दै थप सहयोगको लागि पनि आह्वान गर्नु भयो । संघको भवन निर्माणका लागि २५ हजारसम्म सयोग गर्नेहरुको नामलाई स्मारिकामा प्रकाशन गर्ने र त्यो भन्दा बढी सहयोग गर्नेहरुको शिलापत्रमै नाम लेख्ने योजना रहेको बताउनु भयो । भक्तपुर बचत संघले आफ्नो सहकारी अभियानलाई नेफ्स्कुन र सहकारी महासंघसँग समन्वय गर्दै बताउँदै संघको भवन निर्माणमा पनि सहयोग हुने अपेक्षा गर्नु भयो । महासंघका अध्यक्षले नै शिलान्यास गर्नु भएको छ, यो नै सहयोग हो, थप सहयोगको अपेक्षा गर्न सकिन्छ अध्यक्ष लाखाजुले बताउनु भयो । शिलान्यास भएको भवन साह्रे तीन तल्लाको बन्ने उल्लेख गर्दै सो भवनका लागि संघले १ करोड बजेट विनियोजन गरेको भए पनि ९३ लाखमा बनाउने लगत इष्टिमेट भएको बताउनु भयो । १० वटा कोठा हुने सो भवन निर्माण पछि संघको कार्यालय सञ्चालन, सहकारी अभियान, तालिमहरु समेत सहजरुपमा आयोजना गर्न सकिने बताउनु भयो । संघका उपाध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष हरि बल्लले संघको भवन निर्माणको शिलान्यास सहकारी अभियानको सुरुवात भएको बताउँदै आर्थिक वर्ष २०७७।७८ सालभित्र निर्माण कार्य पूरा हुने बताउनु भयो । सदस्य संस्थाका पदाधिकारीहरुको सहभागितामा भएको सो शिलान्यास कार्यक्रम संघका सचिव जगनाथ प्रजापतिले सञ्चालन गर्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments