भक्तपुर, ३२ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा व्यासीदेखि कमलबिनायकसम्म ७ वटा औषाधि पसलहरु सोमवार अनुगमन गरियो । अनुगमनमा फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास अनुमति प्राप्तले मात्र औषाधि विक्रि वितरण गर्न पाउने बताउनु भयो ।
अनुगमनमा आयान फार्मेसी तीन दिन भित्र दर्ता गर्न, प्यानमा दर्ता गर्ने, औषाधि व्यवस्था विभागको समेत स्विकृति नभएको साथै फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास अनुमति प्राप्तले मात्र औषाधि विक्रि वितरण गर्नुपर्नेमा फार्मेसी अध्ययनरत संजिला थापाद्धारा औषाधि विक्रि वितरण गरेको पाइएकोले औषाधि विक्रि नगर्न निर्देशन दियो ।
हेलो जनस्वास्थ्य फर्मा नगरपालिकामा दर्ता प्रमाणपत्र नदेखाएकोले दर्ता नभए तीन दिन भित्र दर्ता गर्न र फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास अनुमति प्राप्तले मात्र औषाधि विक्रि वितरण गर्नुपर्नेमा फार्मेसी अध्ययनरत रोशन थापा, विजय लागेजू र अस्लम मन्सुरद्धारा औषाधि विक्रि वितरण गरेको पाइएकोले औषाधि विक्रि नगर्न निर्देशन दियो भने म्याद नाघेको औषाधि डिक्लोफेनाक डाइथालामाइन १ र क्षयरोगको औषाधि पसलमा विक्रि गर्न नपाउने आर–सिनेक्स ६०० नौ पाकेट भेटेकोले बेचविखन नगर्न र तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
बिनायक फर्मामा फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास अनुमति प्राप्तले मात्र औषाधि विक्रि वितरण गर्नुपर्नेमा फार्मेसी अध्ययनरत प्रमिला तुल्सिबाख्यो र रोजी बासुकलाद्धारा औषाधि विक्रि वितरण गरेको पाइएकोले औषाधि विक्रि नगर्न र म्याद नाघेको औषाधिहरु पोटक्लोर ५ वटा, जी कोरिल ३ वटा, सनस्क्रिन लोशन १ वटा, सिनोहिस्त ४ वटा, व्याकफेन २५ एक वटा, ए एम क्लेभ ६२५ १० पाकेट, इन्डोलर ५० चालीस पाकेट, आइओस्मुथ लोशन १ वटा, निम शप १ वटा, सुफेक्स १८० दश पाकेट, ट्रिजोल क्रिम ३ वटा, सिनारेस्ट १ वटा, कारमाइसाइड ६ वटा, सेफवार ३ वटा, फरर्मिड्ड जि वान २पाकेट, मिकोली ३ वटा, मेटोक्लोड्रामाइड हाइड्रोक्लोरिक ११ वटा, आसमारेक्स ३ वटा, आक्लोभ ९ वटा, सिटा ड्रप्स २ वटा, सिफाम १०० दश वटा, डाबरको सानिटाइजर ४ वटा, फ्लुपेन ७ वटा, स्टेरिम्याक्स सानिटाइजर ६ वटा, ए एम क्लेभ १० पाकेट जफत गरि नष्ट गरियो भने नगरपालिकामा तीन दिन भित्र उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
खोपो फार्मेसी एण्ड क्लिनिक र कमलबिनायक फर्मा नविकरण गर्ने र पसल माथिल्लो श्रेणीमा राख्नु पर्ने निर्देशन दियो । झिगु वास पस फार्मेसीमा व्यवस्थित संचालन भएको पाइयो ।
सूर्य कोल्ड स्टोरमा म्याद नाघेको सामानहरु हाप लिटरको ड्यू ९ वटा, कोक १० वटा, फाण्टा ३ वटा जफत गरि नष्ट गरियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. बलराम स्यामाजू, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना र जिल्ला स्थास्थ्य कार्यालय भक्तपुर र औषाधि व्यवस्था विभागबाट पनि सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments