काठमाडौ । गोर्खा ईको रेड र्विकस् प्रा. लि. ले गोर्खा चाइनिज ईट्टाको उत्पादन पुनःसुचारु गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. वडा नं. १२ बासडोल स्थित रहेको उद्योगबाट पुनः ईट्टाको उत्पादन थालेको हो । उत्पादन थालिएसंगै देशभर ग्राहकवर्गको माग बमोजिम इट्टाको विक्री वितरणमा सहजता हुने कम्पनीले जनाएको छ ।
गत जेष्ठ १७ गतेबाट विश्वभर फैलिएको कोभिड–१९ को द्रोस्रो भेरियन्टका कारण सम्बन्धित सरकारी निकायबाट जारी निषेध आज्ञालाई मध्यनजर गर्दै तथा स्थानीय निकायको आग्रह बमोजिम स्थानीयस्तरमा फैलिनसक्ने स्वास्थ जोखिमतालाई मध्यनजर गर्दै कम्पनीले उद्योग अस्थाई रुपमा संचालन बन्द गरेको थियो । हाल कोभिड–१९ का कारण जारी निषेध आज्ञामा केही खुकुलो पश्चात निर्माण कार्यमा आएको तिव्रता र ग्राहक वर्गको मागलाई मध्यनजर गर्दै कम्पनीले गत श्रावण २५ गतेबाट उद्योग संचालन गरी यही भदौ ०२ गतेबाट ईट्टाको विक्री वितरण खुल्ला गर्ने जानकारी गराएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत कृष्णराम देउपालाका अनुसार यस कम्पनीले २०७६ साल मंसिरबाट आफ्नो उत्पादन थालनी गर्दै विक्री वितरण सुरु गरेको थियो । सुरुवाती वर्षमै कम्पनीले विश्वभर फैलिएको कोभिड–१९ महामारीको झेल्नु परेको थियो ।
कोभिड–१९ कारण यस कम्पनी जस्तै विभिन्न अरु उद्योगहरुमा पनि दिर्घकालीन असर परेको छ । हाम्रो उद्योग जस्तै वातावरणमैत्री उद्योगहरुलाई सम्बन्धित निकायबाट नितिगत रुपमै प्रबर्धन गर्न जरुरी देखिन्छ । साथै आर्थिक रुपमा सबल बनाउन सहुलियत दरमा बैंक कर्जा उपलब्ध गराउने, बैंक व्याजमा लाग्ने हर्जाना मिनाहा तथा उद्योगलाई आवसेक पर्ने पार्ट–पुर्जाहरुको आयातमा भंन्सार शुल्कमा सहुलियत प्रदान गर्न जरुरी देखिन्छ । साथै निर्माण सामाग्रीको ढुवानीमा देखिएको समस्यालाई पनि सम्बोधन गर्नपर्ने देखिन्छ ।
कोभिड–१९ को यस विशम परिस्थितिमा पनि यस कम्पनीले आफ्नो ग्राहकवर्गमा सेवा प्रदान गर्दै आइरहेको छ । साथै बन्दको अवस्थालाई सदुपयोग गर्दै उद्यागमा रहेको मेसिनहरु मर्मत सम्भार, टनेल सफाइ तथा अन्य विभिन्न स्तरोन्नतीका कार्यहरु सम्पन्न गरेको छ । ग्राहकवर्गमा गुणस्तरीय तथा सस्तो दरमा आफ्नो उत्पादान विक्री वितरण गर्दै ग्राहकको सन्तुस्ती नै हाम्रो चाहाना भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै निकत भविष्यमा अझ गुणस्तरीय उत्पादनसहित अधि बढ्ने जानकारी गराइएको छ ।




...

All Comments.......


Please Login/Register To Comments