भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा ९ वटा औषाधि पसलहरु आइतवार अनुगमन गरियो । अनुगमनमा पसलमा औषाधि विक्रिको लागि पसलमा बस्ने व्यक्तिहरु औषाधि व्यवस्थाबाट स्विकृति लिएका नबसिकन अन्य व्यक्तिहरु बस्ने जो फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास गरेको हुनु पर्नेमा नभएको पाइएको संयोजक गोराले बताउनु भयो ।

अनुगमनमा मित्र हेल्थ केयर सेन्टर २०७६ सालदेखि नगरपालिकामा बिना दर्ता संचालन गरेको पाइएकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो भने म्याद नाघेको आक्वा सेभेन बोटलको पानी दुई कार्टुन र ९ वटा जफत गरी नष्ट गरियो । साथै पसलमा औषाधि विक्रेताको रुपमा रहेका रिया भुजू फार्मेसिष्ट पढीराखेको तर अनुमति प्रमाण पत्र नभएकोले फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास गरेकोलेमात्र औषाधि विक्रि वितरण गर्न पाउने निर्देशन दियो ।

त्यस्तै बराही फर्मेसी पसल नविकरण गर्न र म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नु पर्ने सुझाव दियोे । त्यस्तै संमृद्धि फार्मेसीमा फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट ओरिन्टेशन पास गरेकोलेमात्र औषाधि विक्रि वितरण गर्न पाउने भएकोले पसलमा बस्नेहरुको अनुमति प्रमाणपत्र पसलमा राख्न र विलमा कारोबार गर्न निर्देशन दियो ।

त्यस्तै डोेलेश्वर फर्मेसी नविकरण गर्न, औषाधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषाधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषाधि ग्लिफाज–५ १ पाकेट र सेफोट १ वटा जफट गरी नष्ट गरियो भने म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नु पर्ने सुझाव दियो ।

त्यस्तै रोज डेण्टल केयर प्रा.लि. २०६८ सालदेखि भक्तपुर नगरपालिकामा दर्ता विना सञ्चालन भएकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो । त्यस्तै अल्फा मेडिकल हल नविकरण गर्न, औषाधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषाधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नु पर्ने सुझाव दियो ।
त्यस्तै प्राइम डेण्टल क्लिनिक सस्तोमा सेवा उपलब्ध गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै न्यातापोल फार्मेसी र दीप फर्मा नविकरण गर्न निर्देशन दियो ।

अनुगमनमा अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. निरञ्जन थापा, उद्योग वाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना र जिल्ला स्थास्थ्य कार्यालय भक्तपुर र औषाधि व्यवस्था विभागबाट पनि सहभागी थियो ।
...

All Comments.......


Please Login/Register To Comments