भक्तपुर । भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ८ आदर्शचोकस्थित अरनिको राजमार्ग सडक खण्डमा सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नं.को टिपरमा बिपरित दिशाबाट (जगातीबाट सूर्यविनायकतर्फ) आउदै गरेको प्रदेश ३–०२–०२४ प ८०३३ नं.को स्कुटी एक्कासी अनियन्त्रित भई ठक्कर खाई दुर्घटना भएको भन्ने खवर प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्र.नि. सुर्य बहादुर शाहीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थलमा हेर्दा स्कुटी चालक भक्तपुर जिल्ला सुर्यविनायक न.पा. वडा नं. ६ सिपाडोल बस्ने बर्ष २१ को निरज श्रेष्ठ गम्भिर घाइते भएकाले तत्कालै उपचारको लागी भक्तपुर अस्पताल दुधपाटीमा पु¥याएकोमा सोही मितिको दुई बजेको समयमा उपचारकै क्रममा मृत्यू भएको । दुर्घटित सवारी साधन र टिपर चालक जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. १२ बस्ने बर्ष २९ को रमेश माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको
...

All Comments.......


Please Login/Register To Comments