भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लिवालीमा खाद्य पसल अनुगमन गर्दा खाद्य अनुज्ञापत्र नलिई प्याकिजिड्ड सामानमा लेवल नराखी विक्रि वितरण भएको, खाद्यको अनुज्ञापत्र विना लेवल हातले लेखी राखेको र म्याद नाघेको सामान भेटीएको जफत गरी नष्ट गरेको बताउनु भयो ।


अनुगमनमा शर्मिला किरान पसलमा प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, खरिद विल र विक्री विल लिने दिने प्रक्रिया ल्याउन, सरसफाईमा ध्यान दिन, तराजू नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु धावत मखन २ पाकेट, ओरेन्ज जुस १ बट्टा, ह्यापि ध्यू १ बट्टा जफत गरी नष्ट गरियो ।
त्यस्तै आयान किराना पसल प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, खरिद विल र विक्री विल लिने दिने प्रक्रिया ल्याउन, सरसफाईमा ध्यान दिन, तराजू नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै नविन स्टोरमा प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, खरिद विल र विक्री विल लिने दिने प्रक्रिया ल्याउन, सरसफाईमा ध्यान दिन निर्देशन दिई म्याद नाघेको सामानहरु हरिओम मस्यौदा १४ पाकेट,  भिभोर मिक्स भिजेटबल सुप ५ पकेट, माल्लज् भुजिया १ पाकेट, दिलासा दालमोठ २ पाकेट, पशुपति पापड ८ पाकेट, छुमा गणेश मसल उल्पादन मिति नभएकोले खुर्सानी ४ पाकेट र बेसार २ पाकेट जफत गरि नष्ट गरियो ।

लिवाली खाद्यान स्टोरमा प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, खरिद विल र विक्री विल लिने दिने प्रक्रिया ल्याउन, सरसफाईमा ध्यान दिन, साइनबोर्ड राख्नु पर्ने, तराजू नविकरण गर्न र हाडाको आइसक्रिममा लेबल नभएकोले साथै खरिद विल प्यान वा भ्याट विल हुनु पर्नेमा नभएकोले खरिद विल प्यान वा भ्याट विल मात्र लिन निर्देशन दियो ।

लवजू किराना पसल प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, खरिद विल र विक्री विल लिने दिने प्रक्रिया ल्याउन, सरसफाईमा ध्यान दिन निर्देशन दियो ।

आसगोपाल किराना पसलमा प्याकेजिड्ड सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, खरिद विल र विक्री विल लिने दिने प्रक्रिया ल्याउन, सरसफाईमा ध्यान दिन, तराजू नविकरण गर्न निर्देशन दिई राजमति तोरीको तेल खाद्यको अनुज्ञापत्र बिना लेवल राखी विक्रि वितरण गरेको साथै लेवल पनि हस्त लिखित भएकोले त्यस्तो लेवल प्रयोग भएको १ लिटरको ११ वटा र हाप लिटरको ११ वटा भेटिएकोले विक्रिवितरण नगर्न निर्देशनका साथै राजमति तोरीको तेलका प्रोपाइटर हिराकाजी मानन्धरलाई बोलाई सचेत गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो भने उक्त पसलमा रहेको ब्लाक सस्को लेवलमा उत्पादन मिति नभएकोले ११ वटा जफत गरी नष्ट गरियो ।  
अनुगमनमा अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक हस्तबहादुर सुनुवार, राष्ट्रिय उपभोक्ता मञ्चका उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापति, स्वास्थ्य कार्यालय भक्तपुरका देवीका किजू, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।
...

All Comments.......


Please Login/Register To Comments