अविरल वर्षासँंगै भक्तपुर डुवानमा पर्न थालेको छ । केहिबेर अघिको वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी क्षेत्र डुवानमा परेको छ । केही ठूलो पानी पर्ने वित्तिकै यो ठाउँ सधै यस्तै हुन्छ । यहाँ ६ लेनको बाटो बनाउँदा नै स्थानीयले चुनदेवीमा बाटो मुनिको ह्युम पाइप साविक भन्दा सानो हाल्दा आपत्ती जनाएको थियो, तर हाजमा र त्यसका इन्जिनियरहरूले टेरेनन् । हाजमाका इन्जिनियरहरूले चुनदेवीमा आउने राजकुलोको पानीलाई अन्डरइष्टमेट गरे । आज त्यसैको फलस्वरूप पानी पर्दा ६ लेनको चुनदेवी हाईवे क्षेत्र सधैं जलमग्न हुन्छ । चुनदेवीमा सूर्यविनायक– तीनधारादेखिको पानी राजकुलो हुँदै आइपुग्छ । गतवर्ष जेठ २८ गते यहींको पाण्डुबजार चोक र सल्लाघारी चोककोबीचमा पर्ने चुनदेवी बसस्टपमा बाटोको ढलमा एक एलपी ट्रकका चालकलाई बगाउँदा उनको मृत्यु भएको थियो। यस समस्या समाधानको लागि सो राजकुलो पाण्डुबजार र घलाँतेबाट अहिलेको भन्दा केही ठूलो ह्युम पाइपबाट डाइभर्ट गर्नु अति आवश्यक देखिन्छ । यस विषयमा सरोकारवाला निकायको यथाशीघ्र ध्यान जाओस् ।...

All Comments.......


Please Login/Register To Comments