काठमाडौं । अभिनेत्री तथा निर्मात्री जेनी कुुँवरले आत्महत्याको बाटो रोजेकी छिन् । जेनीलाई प्रहरीले उनी बस्ने थापागाँउस्थित सनराइज सिटी अपार्टमेन्टमा झुुन्डीएको अवस्थामा भेटेको थियो । प्रहरीले उनकै निवासमा बिहीबार राती ९ बजे झुुन्डीएको अवस्थामा जेनीलाई फेला पारेको हो  । लामो समय देखि डिप्रेसनको सिकार भएकी जेनी केही समय अघि पशुपति क्षेत्रमा प्रहरीसँग विवाद भएको भिडियोको कारण चर्चामा पनि आएकी थिइन् । उनको केही भिडियोहरू युट्युबमा भाइरल समेत भएका छन् । जिन्दगानी नामक चलचित्रबाट सिनेमा नगरीमा डेब्यु गरेकी जेनीले मैदान, जीवनदाता, कानुन लगाएका दर्जनौँ चलचित्रमा काम गरिसकेकी छिन् ।...

All Comments.......


Please Login/Register To Comments