काभ्रेको रोशी गाउँपालिका अध्यक्ष डिबी लामाद्धारा आगामी आ व ०७८ र ०७९ को निति तथा कार्यक्रम सर्वजनिक गरिएको छ । विशेष कार्यक्रममा उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले आज बजेट वक्तव्य सार्वजनिक गरेकी हुन् । उपाध्यक्ष बर्तौलाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ४३ लाख ३१ हजारको बजेट वक्तव्य सार्वजनिक गरेकी हुन् । आगामी आवको लागि आन्तरिक आयबाट १ करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख ९७ हजार, संघिय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त र विशेष र समपुरक अनुदान ३१ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र प्रदेश सशर्त र समपुरक विषेशबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुनेछ । गाउँपालिकाले भौतिक पूर्वधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।...

All Comments.......


Please Login/Register To Comments