नेपाल बैंक पूर्व कर्मचारी संघको १८औं बार्षिक साधारण सभा
जेठ १०, २०८३, आइतबार | विहान ०७:३३ बजे | 180
बिराटनगरको बंगलामुखी मन्दिर ,झि:पुचको सभा कक्षमा नेपाल बैंक पूर्व कर्मचारी संघको १८औं बार्षिक साधारण सभा संघकै अध्यक्ष श्री महेश्वर यादवजीको अध्यक्षतामा मुख्य अतिथि श्री मणिकुमार अर्यालज्यूले मैनवत्ती प्रज्वलन गरेर उद्घाटन गर्नु भयो।उक्त कार्यक्रममा संघको सांगठनिक क्रियाकलाप र आर्थि क प्रतिबेदन सम्बन्धित पदाधिकारीज्यूहरुले पेश गर्नुका साथै संध को नयाँ आजन्म सदस्य हुनुभएका साथीहरू लाई आजन्म सदश्य ताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले साधारण सभाको सफलताका लागि शुभकामना मन्तव्य प्रदान गर्नुका साथै बिगत दुई बर्षको कालमा दिगंवत हुनुभएका यस संघका आवद्ध सदस्यहरु र नेपाल बैंक लिमिटेडका पूर्व कार्यरत कर्मचारी साथिहरुको सम्झना गर्दै उहाँहरुको आत्माको चिरशान्तिको लागि एक मिनेट मौन धारण पनि गरिएको थियो। सभाको संचालन यस संघका फाउन्डर मध्ये का एक पूर्व ट्रेड युनियन नेता र हालका यस संघका सल्लाहकार श्री अरुणकुमार कर्णज्यूले गर्नु भएको थियो। अन्त्यमा, उक्त सभामा उपस्थित सदस्यहरुले सर्वसम्मति बाट यस संघको नयाँ कार्यकारी समितीको गठन वर्तमान अध्यक्ष श्री महेश्वर यादवकै अध्यक्षता गरेको थियो।" आजको कार्यक्रमको एक फोटो क्लिप।
