सदीक्षा बाईजु
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श चोकमा नेपालकै सबैभन्दा ठूलो कृषि बजार ‘सूर्यविनायक हरित कृषि थोक बजार प्रा.लि.’ सञ्चालनमा आउने भएको छ।
करिब ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो बजार कालिमाटी कृषि बजार भन्दा पनि ठूलो हो। यसमा ७ सय ५०  स्टलहरु छन्, जुन ८० प्रतिशत बुक भईसकेको, अनि यो बजार बिहान २ बजेदेखि राति ८ बजेसम्म खुला रहने र यसलाई अहिलेसम्मकै व्यवस्थित बजारका रूपमा स्थापना गर्ने सोच रहेको बजारका अध्यक्ष राकेश प्रसाईंले जानकारी दिएका छन्।
यो बजार थोक बिक्रीका रूपमा स्थापना गर्ने भए पनि स्थानीयका लागि भने खुद्रा बिक्री गर्ने र यहि फागुणबाटै सञ्चालनमा ल्याईने पनि सञ्चालक प्रसाईंले जानकारी दिएका छन्। (प्रशिक्षार्थी)
...

All Comments.......


Please Login/Register To Comments