भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बुधबार खौमा इटाछेंमा २० वटा पसलहरु मंगलबार अनुगमन गरियो ।

अनुगमनमा बालकृष्णको किराना पसलमा प्रमाणपत्र नभएकोले प्रमाण पत्र सहित तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन र ढक तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु ड्यू ५०० मिलिको १८ वटा, किन्ले सोडा २ वटा, फ्रुट क्याफे २ वटा जफत गरि नष्ट गरियो । त्यस्तै कष्टुभ नेवारी खाजा घरमा दर्ता प्रमाणपत्र पसलमा देखिने गरी राख्ने र पसल नविकरण गर्न, पसलमा सरसफाईमा ध्यान दिन, एक चोटी तारेको तेलमा पटक पटक नपाउने, कामदारलाई एप्रोन प्रयोग गर्न, खाद्यबस्तु लेबल भएकोमात्र बेच विखन गर्न निर्देशन दिई फुड कलर म्याद नाघेको ३ वटा जफत गरि नष्ट गरियो । त्यस्तै इन्द्रायणी बारा पसलमा पसल दर्ता नभए दर्ता गर्न र दर्ता भए नविकरण गर्न तीन दिनको म्याद दिएर सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै आरोग्य ट्रेड लिड्ढमा सामान लि“दा म्याद वा लेबल हेरेर लिन र लेबल भएको खाद्य बस्तुमात्र बेच विखन गर्न निर्देशन दिई म्याद नाघेको जम्बो ड्यू ३ वटा, जम्बो कोकाकोला ५ वटा, ड्यू ५०० मिलिको ३ वटा, कुरमुरे १ पाकेट जफत गरी नष्ट गरियो । हाडा स्टोरमा म्याद नाघको सामानहरु स्प्राइट २५० मिलिको १४ वटा, कोकाकोला २५० मिलिको १६ वटा, फाण्टा २५० मिलि १ वटा र ५०० मिलिको ३ वटा जफत गरि नष्ट गरियो । त्यस्तै एभरेष्ट मःमः पसल दर्ता नभएकोेले तीन दिन भित्र दर्ता गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै लक्ष्मी अमिलो भण्डार एण्ड आइसक्रिममा पसल दर्ता नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु प्रिड्डल चिजबल ५ बट्टा, चिज्पा चिजबल ३ वटा जफत गरि नष्ट गरियो । त्यस्तै भक्तपुर केक सपमा म्याद नाघेका सामानहरु जम्बो कोकाकोला ९ वटा, ड्यू २५० मिलि को ११ वटा र ५०० मिलिको ६ वटा, फाण्टा ५०० मिलिको ५ वटा जफत गरि नष्ट गरियो । त्यस्तै अनमोल स्टोर तीन दिन भित्र नविकरण गर्न निर्देशन दियो ।

नाउ“ एण्ड वाउ पसलमा पान बिलबाट खरिद विक्रि गर्न, पसल नविकरण गर्न निर्देशन दियो । त्यस्तै हेल्लो किड्समा पसल नविकरण गर्न र प्यान विलबाट खरिद विक्रि गर्न निर्देशन दियो । त्यस्तै सुनिल भोमिको किराना पसल दर्ता भए प्रमाणपत्र देखिने गरी पसलमा राख्न, नविकरण नभए नविकरण गर्न, म्याद नाघेको सामानहरु जफत गर्न नदिएकोले म्याद नाघेको सामानहरु छुट्याएर राख्न, वेचविखन गर्ने स्थानमा राखे जफत हुने निर्देशन दियो ।  
अनुगमनमा अनुगमनमा श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजु प्रसाईं, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, स्वास्थ्य कार्यालय भक्तपुरका दिल बहादुर बस्नेत, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवाँ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका विजयप्रसाद धौभडेलको सहभागी रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments