भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बुधबार मालपोत एरिया तुमचो दुगुरेमा १५ वटा पसलहरु अनुगमन गरेकोमा १० वटा दर्ता नभएकोले त्यहीं स्थानमा दर्ता गराएको बताउनु भयो ।

अनुगमनमा ज्ञानु खड्काको साधारण जलपान, विप्लप बस्नेतको साधारण जलपान, गोपाल बस्नेतको साधारण जलपान, राजेन्द्र प्रसाद दाहालको लेखापढी, गिरबहादर भुजेलको साधारण जलपान, कान्छी तामाड्डको साधारण जलपान, सोमलाल तामाड्डको तरकारी पसल, मनकुमारी माझीको साधारण जलपान र सीतालक्ष्मी प्रजापतिको किराना पसल दर्ता गराएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । त्यस्तै दक्षिणकाली खाजा घर पसल नविकरण नभएकोले नविकरण गराई म्याद नाघेको सामान जम्बो ड्यू १ वटा जफत गरी नष्ट गरियो भने अधिकांश पसलमा सरसफाईमा ध्यान दिन, बासी र म्याद नाघेको सामान नबेच्न, ढक तराजू नापतौल विभागमा नविकरण गर्न, कामदारलाई एप्रोन प्रयोग गर्न, बाल मजदुर नराख्न निर्देशन दिएको राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले बताउनुभयो ।

अनुगमनमा अनुगमनमा श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक सञ्जय कोजू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवाँ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका विजयप्रसाद धौभडेलको सहभागी रहेको थियो ।...

All Comments.......


Please Login/Register To Comments