काठमाडौं । आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले आफनो आधिकारिक विक्रेता (डिलर) हरुको विस्तारसँंगै डिलरहरुलाई पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण सुरु गरेको छ । व्यवस्थापनमा आएको नयाँं फेरवदलसँंगै गोर्खा इको प्यानलले आफनो डिलरको विस्तारका साथै डिलरहरुलाई आधिकारिक विक्रेताको रुपमा सर्टिफाइ गर्न पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण थालेको कम्पनीले जनाएको छ ।

यसका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां तथा महाप्रबन्ध इन्जिनियर जीवन खाईतु नै देशभरका ठाउँंठाउँंका डिलरहरुमा पुगेका थिए । त्यस अवसरमा उनीहरुले कम्पनीमा आएको नयाँं फेरवदलबारे जानकारी दिंदै नयाँं व्यवस्थापनसँंगै नयाँं जोश र जाँंगरका साथ अवका दिनमा तीव्रअघि वढ्न निर्देशन दिएका थिए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलर भइसकेको कम्पनीले व्यवस्थापनमा आएको परिवर्तनसँंगै नयाँं जोश, जागर, नयाँं ढंग र ढाचाबाट डिलर विःतार सु? गर्नुका साथै पिनिङ कार्यक्रम सुरु गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कवांले जनाए ।

कम्पनीका आधिकारिक विक्रेताडिलरहरुलाई आफनो आधिकारिकताका लागि पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण सुरु गरेको कम्पनीले जनाएको छ . कर्पाेरेट अफिम भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिक रहेको गोर्खा इको प्यानलको डिलरह? पश्चिममा डडेलधुरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वालिङ, पोखरा पूर्वमा इटहरी, विराटनगर, झापा, इलामसम्म रहेका छन् । गोर्खा इको प्यानल भित्री तथा वाहिरी वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिकनिर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको उत्पादन इको प्यानलको लोकप्रियता देशैभरि वढ्दो रहेको छ ।
...

All Comments.......


Please Login/Register To Comments