घट्यो पेट्रोलियम पदार्थको मूल्य


2025-04-15 14:51:42

News Image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *