राम चन्द्र प्रजापति
लेख्दै सरररर…
सर्र…सर्र
जूनको गीत
पढ्दै
फररर फर्र ..फर्र
घामको कथा
एक एक कोरेर
प्रेमका धर्सा
अनि
जोडिएका सम्वन्धहरू
युगल जोडी ।
शिक्षक
विद्यार्थी
बैज्ञानिक
कलाकार
नियम
कानुन
ईतिहास
सबका सब लेख्ने
उही कलम।
निलो
कालो
रातो
कलमका कथा ।










