६८ औ स्थापना दिवसको अवसर बिभुषण एवम् नगद पुरस्कार वितरण
कार्यक्रमका बीच नेपाल स्काउटको तर्फ बाट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीज्यूले राजेश गाइजु, रोभर लिडर र अरुण सैंजु, स्काउटरलाई क्रमशः पराक्रमी पट्ट प्रथम र नगद पुरस्कार जनही रु १,५०,०००।( का साथै न्हुज किजु रोभर स्काउट, र पुनम कर्माचार्य, समाजसेवीलाई क्रमशः पराक्रमी पट्ट दोस्रो र नगद पुरस्कार जनही रु ७५,०००।( वितरण गर्नु भएको छ ।
उक्त कार्यक्रममा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति सदस्य बिजेंद्र ध्वजू, पूर्व राष्ट्रीय सचिव रामगोपाल कर्मचार्य, प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराई तथा जिल्ला स्काउट भक्तपुरका पदाधिकारी लगायत स्काउटर र रोभर स्काउट हरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रीय संयोजक भण्डारीले कोभिड १९ जस्तो बिषम परिस्थितिमा स्काउट हनुको साँचो उदहारण प्रशतुत गरेको र समग्र संस्थालाई गौरवान्वित तुल्याएकोमा बिभूषित हरूलाई कोरोना हीरोको संज्ञा दिदै मुक्तकण्ठले प्रसंशा एवं वधाई व्यक्त गर्नु भयो !










