सूर्यविनायक गणेश मन्दिर नजिकबाट प्याचा खेल्ने पाँंचजना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ गणेश मन्दिर नजिकै प्याचा खेल खेलिरहेकालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पैसाको हारजित हुने गरी प्याचा खेल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । ती मानिसहरुलाई नगद रु.३,५६,५००÷– (तीन लाख ५६ हजार पाँच सय) सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
निम्नः–
१. जिल्ला धादिङ गल्छी गाँउपालिका वडा न. ६ घर भई हाल काठमाण्डौ जिल्ला बालुवाटार बस्ने बर्ष २८को दिनेश दाहाल ।
२. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४० को शिवराम श्रेष्ठ ।
३. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ बर्ष ४३ को राजु नकर्मी ।
४. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ बर्ष ४० को उमेश श्रेष्ठ ।
५. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ बर्ष ५३ को पदम श्रेष्ठ ।