भक्तपुर । कर्मचारी र जनप्रतिनिधिहरुलाई कोरोना कोरोना लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाको कार्यालयमा आइतबारदेखि अनिश्चिमतकालका लागि बन्द गरिएको छ । कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी प्रेस विज्ञप्ति प्रकाशित गरी दिइएको छ ।
नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाहरुको स्वाब परीक्षण सुरु भएकाले आइतबारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द भएको जानकारी दिएका हो । बताइए अनुसार चाँगुनारायण नगरपालिकाका हालसम्म २ जना जनप्रतिनिधि, २ जना अधिकृत, २ जना स्वास्थ्यकर्मी गरेर ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चाँगुनारायणमा कोरोना भाईरस संक्रमणको कारणले एक जनाको मृत्यु भइसकेको छ ।










