नयाँ. उत्पादित गोर्खा चाइनिज इँटाको आकार पहिला जस्तै साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको रहेको कम्पनीको दाबी रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले सुरक्षाको सवै प्रबन्ध मिलाई कर्मचारी, कामदारहरुलाई काम गर्न लगाइएको जनाए । कोभिड संक्रमणको सम्भावित जोखिमबाट सुरक्षित राखी काम गराइएको उनले स्पष्ट पारे ।
यो प्रविधिबाट इटा बनाउँंदा काँंचो इटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई इटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा चाहिने तापक्रम मिलाएर इटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँंचो इटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ । थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ ।
उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्युन मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट गोर्खा चाइनिज इँटा उत्पादन गरिएको हो । यो प्रविधिबाट इटा उत्पादन गर्दा मलिलो माटो नै चाहिन्छ भन्ने छैन । जस्तोसुकै माटो अनि नरम ढुंगाबाट पनि काँंचा इटा बनाउन सकिन्छ ।
यो प्रविधिमा सुरुवाती माटो तथा नरम ढुंगा प्रशोधन (मुछ्ने) देखि लिएर काँंचो इटा उत्पादन तथा पोल्नेलगायतका सवै काम वैज्ञानिक रुपमा व्यवस्थित गरी मेशिनबाटै हुन्छ । पोलेर तयार भएको रातो इटा मेशिनबाटै बाहिरसम्म निकालिन्छ । यसरी काँंचो इटो बन्ने क्रमदेखि पोलेको इटा तयार हुँंदासम्मको सवै प्रक्रिया मेशिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इटाको चार वटै सतह चिल्लो हुन्छ ।
‘फायर टनेल’ पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले यो प्रविधिमा इँटाहरु उत्पादन हुँंदा उर्जा किफायती हुने गर्दछ । काँंचा इँटा उत्पादन प्रक्रिया बन्द ट्रसभित्र हुने र पोल्ने प्रक्रिया पनि टनेल भित्रभित्रै हुने भएकाले इटा उत्पादनको क्रममा धूलो सिर्जना हुने सम्भावना शून्य हुन्छ । उत्पादित इटा तुलनात्मक रुपमा सस्तो रहेको बताइएको छ ।










